असारे विकासको प्रवृत्ति त्याग्नुपर्छ : प्रधानमन्त्री दाहाल
उनले विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुने बताउँदै बनेका संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नै पर्ने बताए।
काठमाडौं, साउन ३ : प्रधानमन्त्री पुष्पकमल दाहालले असारे विकासको प्रवृत्ति त्याग्नु पर्ने बताएका छन्।
नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासुको प्रवृत्तिलाई त्याग्नुपर्ने बताए।
उनले विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुने बताउँदै बनेका संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नै पर्ने बताए।
‘विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु,’ प्रधानमन्त्री दाहालले भने ।
मुलुकको आर्थिक विकासको लागि भौतिक पूवार्धारको निर्माण पहिलो सर्त रहेको भन्दै उनले सुदृढ समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताएका थिए।
देशले बौद्धिक पलायनको जोखिम सामना गरिरहेको भन्दै यस्तो अवस्था रोकेर देशमै रोजगारी र अवसरको सिर्जना गर्नेतर्फ गम्भीरतापूर्वक पहलकदमी लिनुपर्ने बेला आएको पनि उनले बताए।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

