Kathmandu Press

प्रधानमन्त्री दहाल साउन ७ गते इटाली जाने

प्रधानमन्त्री दाहाल राष्ट्रसंघको खानी तथा कृषि संगठनको युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ मा सहभागी साउन ७ गते इटाली जान लागेका हन्।
प्रधानमन्त्री दहाल साउन ७ गते इटाली जाने

काठमाडौं, साउन ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल साउन ७ गते इटाली जाने भएका छन्। बुधबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दाहालको इटाली भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री दाहाल राष्ट्रसंघको खानी तथा कृषि संगठनको युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ मा सहभागी साउन ७ गते इटाली जान लागेका हन्।

‘संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टोकिङ मुभमेण्टमा सहभागी हुन सम्माननीय प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ,’ सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘यसमा प्रतिनिधि मण्डलमा मान्य कृषि तथा पशुपंक्षी विकासमन्त्री समेतको प्रतिनिधित्व रहने व्यवस्था भएको छ,’ उनले भनिन् ।

सम्मेलन जुलाई २४, २५ र २६ मा इटालीमा हुँदैछ। सम्मेलनमा सहभागी भए प्रधानमन्त्री दाहाल एक सातापछि स्वदेश फर्कने छन्।

प्रकाशित मिति: ११:५९ बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्