Kathmandu Press

मिटरब्याज विधेयकप्रति पीडित नै असन्तुष्ट– विधेयकले पीडितलाई साहुकारको चंगुलबाट मुक्त गर्न सक्दैन

संघर्ष समितिका प्रवक्ता निर्ग नविनले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहुमहाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहेपनि अहिले साहुमहाजन एक पक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्ट जनाए।
मिटरब्याज विधेयकप्रति पीडित नै असन्तुष्ट– विधेयकले पीडितलाई साहुकारको चंगुलबाट मुक्त गर्न सक्दैन

काठमाडौं, साउन २ : सरकारले ल्याएको मिटरव्याज सम्बन्धी नयाँ विधेयकप्रति मिटरव्याज पीडितहरुले असन्तुष्टी जनाएका छन्।

मिटरब्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ।

समितिले नयाँ कानूनले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी नै रहने स्पष्ट पारेको छ। संघर्ष समितिका प्रवक्ता निर्ग नविनले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहुमहाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहेपनि अहिले साहुमहाजन एक पक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्ट जनाए।

उनले साहुमहाजनसँग भएका कागजपत्रको छानविन हुनुपर्ने र अनुचित लेनदेन देखिए कारबाही हुनुपर्ने बताए।

संघर्ष समितिले मंगलबार नै काठमाडौंमा प्रदर्शनसहित संसद भवन घेराउ गरेका छन्। उनीहरुले नयाँ विधेयक मिटरव्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन्।

 

प्रकाशित मिति: १७:०२ बजे, मंगलबार, साउन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्