कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, बुधबार ११ बजे बस्ने
पार्टी कार्यालय सापेनामा भएको बैठक सभापति शेरबहादुर देउवाले बुधबार बिहान ११ बस्ने गरी स्थागित गरेका छन्।
काठमाडौं, साउन २ : मंगलबारबाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। पार्टी कार्यालय सापेनामा भएको बैठक सभापति शेरबहादुर देउवाले बुधबार बिहान ११ बस्ने गरी स्थागित गरेका छन्।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए। अर्का महामन्त्री गगन थापाले सांगठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन, आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको प्रतिवेशन पेश गरेका थिए ।
यसैगरी प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराएका थिए भने सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराएका थिए।
बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन्।
बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचीमाथि छलफल भइरहेको छ।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

