सात लाखसम्म नयाँ सदस्य बढाउने महामन्त्री थापाको योजना
आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना कांग्रेस केन्द्रीय समितिको बैठकमा थापाले राखेका हुन्।
काठमाडौं, साउन २ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउँदै ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कार्ययोजना प्रश्तुत गरेका छन्।
आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना कांग्रेस केन्द्रीय समितिको बैठकमा थापाले राखेका हुन्।
थापाले वठकमा भने, ‘संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आकर्षण र गर्न र समाजको विविधता झल्कनेगरी यो वर्षको साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घरघर जाऊँ पार्टी सदस्य बनाऊँ भन्ने अभियान चलाउन अन्तर्गत राष्ट्रिय अभियान सुरू हुने छ।’
थापाले ५ लाखदेखि ७ लाख सदस्यता बनाउने उद्देश्यले उक्त अभियान प्रारम्भ गरिने बताएका छन् । केन्द्रीय समिति बैठक अहिले जारी छ।
प्रकाशित मिति: १५:२५ बजे, मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

