Kathmandu Press

कांग्रेसमा अन्तर्घातका २१ सय उजुरी

निर्वाचनका बेला पार्टीले गरेको निर्णय नमान्ने, पार्टीले उठाएका उम्मेदवारविरुद्ध खडा हुने र पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्ताविरुद्ध ४६ जिल्लाबाट ती उजुरी परेको कांग्रेसले जनाएको छ।
कांग्रेसमा अन्तर्घातका २१ सय उजुरी

काठमाडौं, साउन २ : नेपाली कांग्रेसमा निर्वाचनमा भएका अन्तर्घातसम्बन्धी २१ सय उजुरी परेको छ।

निर्वाचनका बेला पार्टीले गरेको निर्णय नमान्ने, पार्टीले उठाएका उम्मेदवारविरुद्ध खडा हुने र पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्ताविरुद्ध ४६ जिल्लाबाट ती उजुरी परेको कांग्रेसले जनाएको छ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाका अनुसार पार्टी हित विपरीत कार्य गर्नेविरुद्ध उजुरी आह्वान गरेपछि ४६ जिल्लाबाट २ हजार १ सय नेताविरुद्ध उजुरी परेको हो।

ढुंगानाले अनुशासन समितिले प्रतिवेदन केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेका छ्न्। प्रतिवेदनमाथि बैठकमा छलफल पनि हुनेछ।

उजुरीमध्ये कतिपय जिल्ला सभापतिहरु विरुद्ध समेत छन्। पार्टीका केन्द्रीय सदस्य र सांसदहरुविरुद्ध समेत उजुरीहरु रहेको अनुशासन समितिले जनाएको छ।

प्रकाशित मिति: १५:२१ बजे, मंगलबार, साउन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्