Kathmandu Press

भ्रातृ संगठनको अधिवेशन ६ महिनाभित्र सक्ने, प्रत्येक २ महिनामा केन्द्रिय समिति बैठक

पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रिय समिति बैठकमा महामन्त्री गगन थापाले भातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने र त्यसको ६ महिनामा महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेका छन्।
भ्रातृ संगठनको अधिवेशन ६ महिनाभित्र सक्ने, प्रत्येक २ महिनामा केन्द्रिय समिति बैठक

काठमाडाैं, साउन २ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका ६ भ्रातृ संगठनको महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने प्रस्ताव गरिएको छ।

पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रिय समिति बैठकमा महामन्त्री गगन थापाले भातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने र त्यसको ६ महिनामा महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेका छन्।

पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति प्रस्ताव राखेका हुन् ।

यस्तै, बैठकमा प्रत्येक २ महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने प्रस्ताव पनि गरिएको छ। महामन्त्री थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति नै प्रस्ताव गरेका छन्।

हरेक दुई महिनामा बैठक गर्ने भन्दै उनले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गरेका हुन्। त्यसमध्ये २ वटा बैठक उपत्यका बाहिर राख्ने प्रस्ताव पनि उनले गरेका छन्।

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, साउन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्