Kathmandu Press

बञ्चरेडाँडामा फोहोर फाल्न आज पनि अवरोध

मंगलबार काठमाडौं महानगरबाट फोहोर बोकेको कुनैपनि गाडी ल्यान्डफिल्ड साइट जान सकेनन्।
बञ्चरेडाँडामा फोहोर फाल्न आज पनि अवरोध

काठमाडौं, साउन २ : बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर बिसर्जनमा मंगलबार पनि स्थानीयबाट अवरोध भएको छ।

ल्यान्डफिल्ड साइट वरपरका स्थानीयले विरोध गर्दै आन्दोलन गरेका कारण समस्या उत्पन्न भएको हो । जसका कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन सकेको छैन। मंगलबार काठमाडौं महानगरबाट फोहोर बोकेको कुनैपनि गाडी ल्यान्डफिल्ड साइट जान सकेनन्।

काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिकाका स्थानिय बासिन्दा सोमबारदेखि आन्दालनमा उत्रेका छन्। स्थानीयकै अवरोधका कारण पुनः उपत्यकाको फोहोर सडकमै थुप्रने अवस्था उत्पन्न भएको छ।

 

प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, साउन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्