काग्रेस केन्द्रीय कार्यसमिति बैठकको प्रत्यक्ष प्रसारण गरिँदै
सभापति शेरबहादुर देउवाको प्रस्ताव अनुसार नै उक्त बैठकको लाइभ गर्न थालिएको हो । पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठक लाइभ हुनेछ।
काठमाडौं, साउन २ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । कांग्रेसले पहिलोपटक आफ्नो बैठकको लाइभको तयारी गरेको हो।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पार्टी केन्द्रिय कार्यालय, सानेपामा सुरु हुँदै छ । सभापति शेरबहादुर देउवाको प्रस्ताव अनुसार नै उक्त बैठकको लाइभ गर्न थालिएको हो । पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठक लाइभ हुनेछ।
एक वर्षपछि बस्न लागेको केन्द्रिय समिति बैठकका लागि १० वटा एजेन्डा तयार पारिएको छ।
समसामयिक विषय (आर्थिक, परराष्ट्र), सांगठनिक कार्ययोजना र कार्यतालिका, केन्द्रीय समितिको बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशन सम्बन्धमा, विभागहरू गठन र थप र कामको व्याख्या, राष्ट्रव्यापी अभियानको घोषणा, अनुशासन समितिको प्रतिवेदन पेस, संसद्मा सम्पादन भएका कामकाजहरूको प्रतिवेदन र सरकारको गतिविधिबारे जानकारी वैठकका एजेण्डा छन्।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

