मर्मत गरेकाे २४ नबित्दै नेपाल एयरलाइन्सको न्याराेबडी जहाज मलेसियामा ग्राउन्डेड
मलेसियामा रोकिएको उक्त विमानका लागि त्यहाँस्थित एयर एसियासँग अक्सिजन मागेर काठमाडौं फर्काउने तयारी भइरहेको बताइएको छ।
काठमाडाैं, साउन २ : नेपाल वायुसेवा निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ। चालकदललाई आवश्यक पर्ने अक्सिजन अभावले काठमाडौं फर्किन सो विमान ग्राउन्डेड भएको हो।
एक साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको उक्त जहाजले मर्मतपछि सोमबार राति भने मलेसिया उडान भरेको थियो।
विमानको ककपिटको अक्सिजन अभाव भएपछि त्यहाँबाट नेपाली सयमअनुसार बिहान ३ बजे उड्नुपर्ने जहाज ग्राउन्डेड भएको हो। जहाज ग्राउन्डेड हुँदा १५० बढी यात्रु अलपत्र परेका छन्।
विमान आज बेलुकी ६ बजेमात्रै काठमाडौं आइपुग्ने नेपाल एयरलाइन्सले जनाएएको छ। मलेसियामा रोकिएको उक्त विमानका लागि त्यहाँस्थित एयर एसियासँग अक्सिजन मागेर काठमाडौं फर्काउने तयारी भइरहेको बताइएको छ।
उक्त विमान मलेसियाबाट भैरहवा हुँदै काठमाडौं अवतरण गर्ने तालिका थियो । समयमै फर्किन नसकेपछि सोही विमानको आज दिउँसो भारतको बेंगलुरुका लागि निर्धारित उडानसमेत प्रभावित हुने भएको छ।
बेंगलुरुका लागि १ सय ३६ यात्रुले टिकट काटेका छन्। बेंगलुरुबाट फर्किएपछि सोही विमान आजै बेलुकी मलेसिया उड्ने तालिका छ । तर यो उडान पनि प्रभावित हुने निगमका अधिकारीले बताए ।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

