Kathmandu Press

यस्तो हुनेछ आजको मौसम

ण्डकी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तो हुनेछ आजको मौसम

काठमाडौं, साउन २ : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। साथै गण्डकी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि बदली रहेको छ। दिउँसोतिर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

बितेको २४ घन्टामा सबैभन्दा बढी पोखरामा ८५ र काठमाडौँमा ७५ मिलीमिटर वर्षा भएको छ। भैरहवामा २८, धनगढीमा २७ र ओखलढुङ्गामा २६ मिलीमिटर वर्षा मापन गरिएको छ।

प्रकाशित मिति: १०:४५ बजे, मंगलबार, साउन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्