Kathmandu Press

ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ हुने

हिजो बहस हुँदाहुँदै समय सकिएपछि उक्त मुद्दाको सुनुवाइ आज हुन लागेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त रिट हेरिरहेको छ। 
ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ हुने

काठमाडौं, साउन २ : ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ। 

हिजो बहस हुँदाहुँदै समय सकिएपछि उक्त मुद्दाको सुनुवाइ आज हुन लागेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त रिट हेरिरहेको छ। 

ललिता निवासजग्गा प्रकरणमा कीर्ते गरेको अभियोगमा संचार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संस्थापक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो।

प्रकाशित मिति: ०८:५३ बजे, मंगलबार, साउन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्