Kathmandu Press

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै 

कीर्तिपुरस्थित चम्पादेवीमा बसेको सोमबारको बैठकमा ‘वर्तमान परिस्थितिमा हाम्रो कार्यभार’को विषयमा नेताहरूले आफ्नो धारणा राखेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै 

काठमाडौं, साउन २ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि बस्दै छ । शुक्रबार र शनिबार बसेको बैठक आज पनि बस्न लागेको हो । 

कीर्तिपुरस्थित चम्पादेवीमा बसेको सोमबारको बैठकमा ‘वर्तमान परिस्थितिमा हाम्रो कार्यभार’को विषयमा नेताहरूले आफ्नो धारणा राखेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

हालसम्म बैठकमा चार नेताले आफ्नो धारणा राखेका छन् । खतिवडाका अनुसार बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवहरु गंगालाल तुलाधर र विजय पौडेलले धारणा राखेका छन् ।

प्रकाशित मिति: ०७:४१ बजे, मंगलबार, साउन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्