Kathmandu Press

केन्द्रिय समितिका लागि कांग्रेसले तय गर्‍यो एजेन्डा

धुम्बाराहीस्थित पार्टी सभाति शेरबहादुर देउवा निवासमा सोमबार बसेको पदाधिकारी बैठकले विभिन्न १० वटा एजेण्डा तय गरेको जनाएको छ।
केन्द्रिय समितिका लागि कांग्रेसले तय गर्‍यो एजेन्डा

काठमाडौं, साउन १ : नेपाली कांग्रेसले भोलि मंगलबारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठकको एजेन्डा तय गरेको छ । धुम्बाराहीस्थित पार्टी सभाति शेरबहादुर देउवा निवासमा सोमबार बसेको पदाधिकारी बैठकले विभिन्न १० वटा एजेण्डा तय गरेको जनाएको छ।

एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकको लाइभ गर्न सभापति देउवाले प्रस्ताव गरेका थिए । देउवाले नेताहरुले बोलेको तथ्य भन्दा बेग्लैरुपमा मिडियामा समाचार आएको भन्दै बैठक लाइभ गर्न प्रस्ताव गरेका हुन्।

उनले पार्टीको आधिकारिक फेसबुक पेज, अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेपनि सो विषयमा सबैको एउटै धारणा नआएको केन्द्रिय शशांक कोइरालाले बताए ।

त्यस्तै पदाधिकारी बैठकले नीति अधिवेशनको मिति तय गर्ने र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नेजस्ता विषयलाई केन्द्रीय समितिको एजेण्डा बनाएको छ। पार्टीका विभाग थप गर्ने, संसदमा कांग्रेसको भूमिका, सरकारका कामकारबाही लगायतका एजेण्डा केन्द्रीय समिति लैजाने बताइएको छ।

मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाइएको छ । लामो समयपछि बस्न लागेको बैठकलाई चासोपूर्वक हेरिएको छ।

प्रकाशित मिति: १९:०४ बजे, सोमबार, साउन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्