Kathmandu Press

ललिता निवास प्रकरणको रिटमा सुनुवाइ मंगलबारका लागि निरन्तर 

ललिता निवास प्रकरणको रिटमा सुनुवाइ मंगलबारका लागि निरन्तर 

काठमाडौं, साउन १ : ललिता निवास अनियमितता प्रकरणको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ नसकिएपछि मंगलबारका लागि ‘हेर्दाहेर्दै’ राखिएको छ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा भएको वहशमा रिट निवेदकका कानुनव्यवसायीकै सुनुवाई नसकिएपछि मंगलवारलाई निरन्तरता दिइएको हो। 

वालुवाटारस्थित ललिता निवास अनियमितता मा कीर्ते गरेको अभियोगमा सीआईबीले बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह,व्यवसायी मिनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गररेपछि सर्वोच्चमा वन्दीप्रत्यक्षीकरण रिट दिएका थिए। सर्वोच्चले सरकारी पक्षको बहस सुनेपछि संभवतः मंगलवार अन्तिम निर्णय सुनाउनेछ। 

बहसका क्रममा वरिष्ठ अधिवक्ता शुसिल पन्तले विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अबस्थामा गलत नियत राखेर पक्राउ गरिएको जिकिर गरेका छन्। पन्तले एकपटक अनुसन्धान गरेर टुंगोमा पु¥याएको बिषयमा पटकपटक पक्राउ गर्ने र दुःख दिने नियत देखिएको इजलास समक्ष दावी गरे।

पन्तको वहशमा न्यायाधीश नहकुल सुवेदीले बेञ्चबाट प्रतिप्रश्न गरेका थिए। ‘विशेषमा भ्रष्टाचार मुद्दा विचाराधीन छ भन्दैमा सर्वोच्च अदालतले थप अनुसन्धान नगर भन्न मिल्छ ?’ भन्दै न्यायाधीश सुवेदीले प्रश्न गरेका थिए।  

जवाफमा पन्तले पटकपटक अनुसन्धानका नाममा पक्राउ नगर्नु भनेर आदेश दिनुपर्ने बताएका थिए। अनुसन्धान नगर्न सीआइबीका नाममा आदेश दिनुपर्ने पन्तको माग थियो। 
 

प्रकाशित मिति: १७:३२ बजे, सोमबार, साउन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्