उत्कृष्ट काम गरेको भन्दै नाै जना प्रहरीकाे विशेष बढुवा (सूचीसहित)
आर्थिक वर्षको अन्तिम दिन ३१ असारको निर्णय अनुसार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नाै जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका छन्।
काठमाडौं, साउन १ : संगठनमा विशेष योगदान दिएकाे तथा उत्कृष्ट काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले नाै जनाको विशेष बढुवा गरेको छ।
आर्थिक वर्षको अन्तिम दिन ३१ असारको निर्णय अनुसार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नाै जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका छन्।
एक जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, पाँचजना सहायक हवल्दार र एक जवानकाे विशेष बढुवा भएकाे हाे।
जसअनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत नायब निरीक्षक (सई) तिलराम बोहरा सार्की प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा गरेका छन् भने अर्जुन सेठ्ठी र वामदेव घिमिरेलाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरेका छन्।
प्रहरी सहायक हवल्दारहरु सुवास नेपाली, लक्ष्मण सापकोटा, भुदरमणि जोशी, गनकुमार खण्डलुक र उपेन्द्र चौधरी प्रहरी हवल्दारमा बढुवा भएका छन्। प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।
प्रहरी नियमावली, २०७१ मा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नीति निर्माण समितिको सिफारिसमा श्रेणीविहीनबाहेक राजपत्र अंकित पदसम्म एक तहमाथिको रिक्त पदमा बढुवा गर्न सक्ने उल्लेख छ । यसरी एक आर्थिक वर्षमा १० जनासम्मलाई बढुवा गर्न सक्ने व्यवस्था छ।









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
