साउनको पहिलो सोमबार र साउने संक्रान्तिको अवसरमा राप्रपाकाे धार्मिक यात्रा
काठमाडौंको मैतीदेवीबाट सुरु भएको धार्मिक यात्रा पशुपतिनाथ मन्दिरमा पुगेर समापन भएको थियो।
काठमाडाैं, साउन १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साउनको पहिलो सोमबार र साउने संक्रान्तिको अवसरमा धार्मिक यात्रा गरेको छ।
काठमाडौंको मैतीदेवीबाट सुरु भएको धार्मिक यात्रा पशुपतिनाथ मन्दिरमा पुगेर समापन भएको थियो।
हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै जनमत सिर्जना गर्न आयोजना गरिएको पदयात्रामा राप्रपाका नेताहरू, धर्मगुरुहरु, विभिन्न धार्मिक संघसंस्थाका अगुवाहरु लगाएतको सहभागीता रहेको थियो।
देशको सनातन धर्म संस्कृति जोगाउनका लािग राप्रपाले यस्ता धार्मिक अभियानलाई अब देशव्यापी बनाउदै लैजाने राप्रपाका नेताहरुले जनाएका छन्।
प्रकाशित मिति: १६:११ बजे, सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
