Kathmandu Press

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच बैंककमा भेटवार्ता 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा दुई मुलुकका समकक्षीबीच वार्ता भएको थियो।
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच बैंककमा भेटवार्ता 

काठमाडौं, साउन १ : परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयंशकरबीच सोमबार थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ। 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा दुई मुलुकका समकक्षीबीच वार्ता भएको थियो।

बिम्स्टेकका विदेशमन्त्रीहरुको दुई दिने बैठकका क्रममा भएको ‘साइडलाइन’ वार्ता उपलब्धिमूलक भएको दुवै पक्षले जनाएका छन्।

नेपाली समकक्षीसँगको वार्तालाई भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीट गर्दै फलदायी भनेका छन्। सहयोगका एजेन्डा लागू गर्न मिलेर काम गर्ने कुरामा सहमति जनाएको भनाई जयशंकरको छ। जयशंकरले नेपालसँग आपसी हितका विषयमा निरन्तर सम्पर्कमा रहेर काम गर्न तयार रहेको समेत बताएका छन्। 

‘नेपालका परराष्ट्र मन्त्रीसँगको छलफल राम्रो भयो। हाम्रो नेतृत्वले तयार पारेका सहकार्यका एजेन्डालाई कार्यान्वयन गर्न मिलेर काम गर्न सहमत भयौं,’ जयशंकरले ट्विटरमा लेखेका छन्। 
 
प्रकाशित मिति: १५:४३ बजे, सोमबार, साउन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्