काठमाडौं उपत्यकामा बढे आपराधिक घटना
जिल्ला प्रहरी परिसर काठमाण्डौले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक बर्ष २०७८–७९ को तुलनामा २०७९–८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेको जनाएको हो।
काठमाडौं, साउन १ : आर्थिक वर्ष २०७९–८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेका छन्।
जिल्ला प्रहरी परिसर काठमाण्डौले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक बर्ष २०७८–७९ को तुलनामा २०७९–८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेको जनाएको हो।
२०७८/७९ मा ८ हजार ९ सय ७७ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८० मा मुद्दा दर्ताको संख्या १३ हजार ४ सय ६४ पुगेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए।
परिसरका अनुसार सबैभन्दा बढि बैंकिङ कसुर सम्बन्धी ७ हजार १ सय १ मुद्धा दर्ता भएका छन् भने अभद्र व्यहारका २ हजार ८ सय ९४ मुद्दा दर्ता भएकोे कार्कीले बताए।
त्यस्तै आर्थिक बर्ष २०७९–८० मा प्राप्त २ हजार १ सय ६२ उजुरी मध्ये ६ सय ४१ को मात्रै फर्छौट भएको छ। कार्कीले अनलाईन प्रविधिबाट देखा परेका आर्थिक अपराधहरु पनि पछिल्लो समय बढ्दै गएको बताए।
उनले काठमाण्डौ जिल्लामा देखिएका अपराधका चुनौतीहरुलाई सामना गर्न दक्ष र प्रविधियुक्त जनशक्ति विस्तार गरी अनुसन्धानलाई प्रभावकारी बनाउने बताए। कार्कीले नाकामा प्रवधियुक्त प्रणाली जडान गरी अपरान्ध नियन्त्रणतर्फ ध्यान दिने धारणा राखे।
त्यस्तै साइबर अपराध र अनलाइन ठगीका घटनाहरु हुन गर्न नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लक्षित वर्गमा जनचेतना प्रदान गरीने, प्रभावकारी तवरले प्रहरी परिचालन गरी शान्त र सुरक्षित काठमाण्डौ निर्माणको अवधारणालाई मुर्तरुप प्रदान गर्ने कार्कीले बताए।








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
