Kathmandu Press

एलओडीका म्यानेजरसहित दुईजना पक्राउ

बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
एलओडीका म्यानेजरसहित दुईजना पक्राउ

काठमाडौं, साउन १ : काठमाडौंको ठमेल रहेकाे चर्चित रात्रि क्लब एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको छ।

बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले यसअघि  उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ। एलओडीबाट बालिकालाई सानेपामा पुर्‍याएर बलात्कार गरेकाे पाइएपछि प्रहरी कारबाही अघि बढाउने निष्कर्षमा पुगेको थियो।

यही प्रकरणमा यसअघि एलओडीका सञ्चालकद्वय रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परे पनि घटनाका बेला क्लबमा उपस्थित नदेखिएको भन्दै हाजिरी जमानीमा छुटेका छन् ।

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, साउन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्