Kathmandu Press

रास्वपा उपसभापति अर्याललाई धम्की दिएको आरोपमा एक जना पक्राउ

कालिकोटेले असार १९ गते दिउँसो १ः२६ बजे मोबाइलमा म्यासेज पठाएर अर्याललाई ज्यान मार्ने आशयको धम्की दिएको प्रहरीको भनाइ छ।
रास्वपा उपसभापति अर्याललाई धम्की दिएको आरोपमा एक जना पक्राउ
डिपी अर्याल

काठमाडौं, साउन १ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति खोटाङ घर भएका विजय कालीकोटे हुन्।

कालिकोटेले असार १९ गते दिउँसो १ः२६ बजे मोबाइलमा म्यासेज पठाएर अर्याललाई ज्यान मार्ने आशयको धम्की दिएको प्रहरीको भनाइ छ। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: १३:३८ बजे, सोमबार, साउन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्