Kathmandu Press

सञ्चार सचिव राउतसहित चारजनाको बन्दीप्रत्यक्षीकरणमा सुनुवाइ

सञ्चार सचिव राउतसहित चारजनाको बन्दीप्रत्यक्षीकरणमा सुनुवाइ

काठमाडौं, साउन १ : बालुवाटारस्थित ललितनिवास जग्गा किर्ते अनियमितता प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतसहित चारजनाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइका लागि पेशी तय भएको छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुँदैछ। यसअघि निवेदनमाथि सुनुवाइका क्रममा राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीका नाममा आदेश जारी भएको थियो।

पक्राउ प्रकरणमा लिखित जवाफ समेत माग गरिएको थियो। सचिव राउतसहित पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको निवेदन पनि एकसाथ सुनुवाइ हुँदै छ।

सुनुवाइ सकिएपछि उनीहरुलाई थुनामुक्त गर्न वन्दीप्रत्यक्षीकरण आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा टुंगो लाग्ने छ। 

प्रकाशित मिति: १२:४७ बजे, सोमबार, साउन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्