बन्चरेडाँडामा फेरि स्थानीयको अवरोध, फोहाेर बोकेका गाडी आलेटारमै रोकिए
यसअघि कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने मात्रै ल्यान्डफिल साइटमा विर्सजन गर्नेलगायका सहमति भएको तर उक्त सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलित हुनु परेको स्थानीयले जनाएका छन्।
काठमाडौं, साउन १ : नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका स्थानीयले काठमाडौंबाट फोहोर लिएर गएका गाडीलाई फोहोर फाल्न अवरोध गरेका छन्।
स्थानीयको अवरोधका कारण आज बिहान फोहोर लिएर गएका गाडीहरु बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा रोकिएका छन्।
काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग एक वर्षअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले फोहोरका गाडीलाई अवरुद्ध गरेका हुन्। फोहोर बोकेका ५० वटाभन्दा बढी बीच बाटोमै रोकिएका छन्।
नुवाकोटको ककनी गाउँपालिकाले गाउँपरिषदबाट साउन १ गतेदेखि प्रत्येक फोहोरको गाडीलाई एक सयदेखि १५ सय रुपैयाँसम्म शुल्क लिने निर्णय गरेको छ। यस निर्णयविरुद्ध हाल सर्वोच्च अदालतमा रित दायर भएको छ।
तर स्थानीयले शुल्कभन्दा नागरिकको स्वास्थ्य महत्वपूर्ण भन्दै फोहोर बिसर्जन गर्न नदिने अडान लिएपछि जनप्रतिनिधिले पनि स्थानीयको आन्दोलनमा साथ दिएका छन्।
फोहोरका कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै समाधानका उपाय अवलम्बन गर्न भएको सहमति अहिलेसम्म कार्यान्वयन नभएको उनीहरुको भनाइ छ।
यसअघि कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने मात्रै ल्यान्डफिल साइटमा विर्सजन गर्नेलगायका सहमति भएको तर उक्त सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलित हुनु परेको स्थानीयले जनाएका छन्।
गत वर्ष पनि स्थानीयले फोहोर बिर्सजनमा लामो समय अवरोध गर्दा ठूलो संख्यामा प्रहरी परिचालन गरी हस्तक्षेप गर्नु परेको थियो।








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
