एमाले नेता विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ
लुम्बिनी प्रदेशका पूर्वभूमिव्यवस्था तथा सहकारी मन्त्री यादवलाई बाँके प्रहरीले पक्राउ गरेर गरेको हो।
रुपन्देही, साउन १ : एमाले नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्।
लुम्बिनी प्रदेशका पूर्वभूमिव्यवस्था तथा सहकारी मन्त्री यादवलाई बाँके प्रहरीले पक्राउ गरेर गरेको हो। उनलाई बुटवल ल्याइँदै गरेको प्रहरीले जनाएको छ।
गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए।
बैंक अफ काठमाडौंको उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि उमाशंकरले विजयविरुद्ध बैंकिङ कसुरको मुद्दा हालेका थिए।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए। तर, पार्टीको निर्देशनविपरित मन्त्री बनेपछि जसपाले उनलाई कारबाही गरेको थियो, त्यसपछि उनी एमाले प्रवेश गरेका थिए। गत निर्वाचनमा उनी जसपाकै उम्मेदवारसँग पराजित भएका थिए।
प्रकाशित मिति: ११:१९ बजे, सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
