Kathmandu Press

देशैभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना

गण्डकी प्रदेशका केही साथै कोसी, वाग्मती र कर्णाली प्रदेशका थोरैलगायत बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका थोरै बाँकी  प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशैभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १ : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गण्डकी प्रदेशका केही साथै कोसी, वाग्मती र कर्णाली प्रदेशका थोरैलगायत बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका थोरै बाँकी  प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ–गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका एक–दुई, कोसी र वाग्मती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेका विभागले जनाएको छ ।  

भारी वर्षाको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ ।

प्रकाशित मिति: ०८:१८ बजे, सोमबार, साउन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्