कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
कांग्रेसको साउन २ गते (भोलि) बाट केन्द्रीय समिति बैठक बस्दै छ । सोही बैठकको एजेन्डा तय गर्न बैठक बस्न लागेको हो । लामो समयपछि बस्न लागेको केन्द्रीय समिति बैठकको एजेन्डालाई फाइनल गर्न बैठक बोलाइएको हो ।
काठमाडौं, साउन १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नै निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
कांग्रेसको साउन २ गते (भोलि) बाट केन्द्रीय समिति बैठक बस्दै छ । सोही बैठकको एजेन्डा तय गर्न बैठक बस्न लागेको हो । लामो समयपछि बस्न लागेको केन्द्रीय समिति बैठकको एजेन्डालाई फाइनल गर्न बैठक बोलाइएको हो ।
गएको वर्ष साउन २७ देखि असार २ गतेसम्म कांग्रेसको केन्द्रीय समिति बैठक बसेको थियो । कांग्रेस विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने भए पनि बस्न सकेको छैन ।
प्रकाशित मिति: ०७:३१ बजे, सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)