एमाले प्रचार विभागमा ११ जना मनोनित
विभागका सचिव गगन विष्टले थप ११ जनालाई विभागको सदस्यमा मनोनित गरिएको जानकारी दिए।
काठमाडौं, असार ३१ : नेकपा ९एमाले०ले पार्टीको प्रचार तथा प्रकाशन विभाग विस्तार गरेको छ। विभागका सचिव गगन विष्टले थप ११ जनालाई विभागको सदस्यमा मनोनित गरिएको जानकारी दिए।
उनका अनुसार काठमाडौँका महेन्द्र विष्ट, बाँकेका अछरी पोखरेल, सुर्खेतका सूर्यमणि गौतम, कैलालीका हेमन्त पौडेल, सुनसरीका लीलाराज भट्टराई, पर्साका लालबाबु शेख, लमजुङका गणेश पाण्डे, रुपन्देहीका दीपक ज्ञवाली र शेरबहादुर केसी, कास्कीका रामकृष्ण ज्ञवाली र भोजपुरका राजेश राईलाई विभागमा मनोनयन गरिएको छ।
आज मनोनित गरेसँगै १९ सदस्यीय प्रचार विभाग बनेको छ।
प्रकाशित मिति: २१:०२ बजे, आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
