Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेलगत्तै ललिता निवास प्रकरणमा पक्राउ परे केशव तुलाधर

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तुलाधरलाई जिल्ला अदालत परिसरबाटै पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेलगत्तै ललिता निवास प्रकरणमा पक्राउ परे केशव तुलाधर

काठमाडौं, असार ३१ : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका केशव तुलाधर १५ लाख धरौटीमा आइतबार साँझ रिहा भएका छन्।

शरणार्थी प्रकरणबारे अनुसन्धान सुरु भएलगत्तै उनी भारत भागेका थिए । हालै नेपाल छिरेको थाहा भएपछि प्रहरीले उनलाई सानो भर्‍याङबाट नियन्त्रणमा लिएर अदालत पेश गरेको थियो।

जिल्ला अदालत काठमाडौंले तुलाधरलाई धरौटीमा छाड्न आदेश दिएलगत्तै उनी पुनः पक्राउ परेका छन्।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तुलाधरलाई जिल्ला अदालत परिसरबाटै पक्राउ गरेको हो ।

उनको नाममा ललिता निवासको दुई रोपनी सरकारी जग्गा गएको देखिएको थियो।

प्रकाशित मिति: १९:३२ बजे, आइतबार, असार ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्