निगमका दुवै न्याराेबडी विमान ग्राउन्डेड
लुम्बिनी नेपाली नाम भएको जहाज आइतबार बिहान दुबईबाट काठमाडौं फर्केपछि उडाउन नमिल्ने भन्दै निगमको इन्जिनियरीङ विभागले प्राविधिक कारण देखाएपछि ग्राउन्डेड भएको हो।
काठमाडौं, असार ३१ : नेपाल वायुसेवा निगमका दुईवटै न्यारोबडी विमान ग्राउन्डेड भएका छन्।
नाइन नोभेम्बर–अल्फा किलो व्हिस्की (पाली नाम सगरमाथा) र नाइन नोभेम्बर–अल्फा किलो एक्सरे (नेपाली नाम लुम्बिनी) भएका दुवै विमान समयमै मर्मतसम्भार नहुँदा एकै पटक ग्राउन्डेड भएका हुन्।
लुम्बिनी नेपाली नाम भएको जहाज आइतबार बिहान दुबईबाट काठमाडौं फर्केपछि उडाउन नमिल्ने भन्दै निगमको इन्जिनियरीङ विभागले प्राविधिक कारण देखाएपछि ग्राउन्डेड भएको हो।
अर्को न्यारोबडी सगरमाथा ६ दिनदेखि ग्राउन्डेड छ। मंगलबार बैंग्लोरबाट फर्केपछि नियमित जाँचका क्रममा इन्जिनभित्र समस्या देखिएपछि उक्त विमान उडाइएको छैन।
दुवै न्यारोबडी विमान ग्राउन्डेड हुँदा दिल्ली, बैंग्लोर, मुम्बई, दोहा, दुबई, साउदी अरब, बैंकक, हङकङ र मलेसियाको उडान प्रभावित भएको छ। निगमले टिकट लिइसकेका यात्रुहरुलाई फोनबाट टिकट सार्न अनुरोध गरिरहेको छ ।
निगमले हाल काठमाडौंबाट १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा सातामा एक देखि सातवटासम्म उडान गर्छ । योसँग अन्तर्राष्ट्रिय उडानमा दुईवटा एयरबसका ए–३२० ९न्यारोबडी र दुईटा ए–३३० (वाइडबडी) विमान छन् ।
निगमले ५ घन्टा हाराहारी दूरी भएका रुटमा न्यरोबडी विमान उडाउँछ । यस्तै ५ घन्टाभन्दा बढी समय लाग्ने जापानको नारितामा वाइडबडी विमान पठाउने गरेका छ।








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
