ललिता निवास प्रकरणमा पक्राउ परेकालाई सोमबार अदालतमा पेश गर्न सर्वोच्चको आदेश
न्यायाधीशद्वय सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको इजलासले संक्षिप्त सुनुवाइपछि पक्राउ परेका र बन्दी प्रत्यक्षीकरणको रिट दिएकाहरुलाई इजलासमा पेश गर्न आदेश दिएको हो।
काठमाडौं, असार ३१ : ललिता निवास जग्गा प्रकणमा पक्राउ परेकालाई अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्चले सञ्चार सचिव कृष्णबहादुर राउतसहित ललितानिवास प्रकरणका पक्राउ परेका र बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका आरोपितहरुलाई सोमबार इजलासमा पेश गर्न आदेश दिएको हो।
न्यायाधीशद्वय सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको इजलासले संक्षिप्त सुनुवाइपछि पक्राउ परेका र बन्दी प्रत्यक्षीकरणको रिट दिएकाहरुलाई इजलासमा पेश गर्न आदेश दिएको हो।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गराउने अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले १७ जनालाई पक्राउ गरेर किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ। उनीहरुलाई थप अनुसन्धानका लागि ५ दिन थुपनामा राख्न आइतबार नै जिल्ला अदालत काठमाडौंले सिआईबीलाई अनुमति दिएको छ।
ललित निवास जग्गा प्रकरणमा पक्राउ परेकामध्ये सचिव राउतसँगै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र पूर्वकर्मचारी धर्मप्रसाद गौतमले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए।








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
