Kathmandu Press

इन्धनमा स्वचालित मूल्य प्रणाली लागु हुने, ग्यासमा निगमले नाफा नराख्ने

निगम सञ्चालक समितिले आज (आइतबार) मध्यरातिबाट लागु हुने गरी स्वचालित मूल्य प्रणाली लागु गर्ने निर्णय गरेको हो।
इन्धनमा स्वचालित मूल्य प्रणाली लागु हुने, ग्यासमा निगमले नाफा नराख्ने

काठमाडौं, असार ३१ : नेपाल आयल निगमले पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागु गर्ने भएको छ।

निगम सञ्चालक समितिले आज (आइतबार) मध्यरातिबाट लागु हुने गरी स्वचालित मूल्य प्रणाली लागु गर्ने निर्णय गरेको हो।

Hardik ivf

यो प्रणालीअनुसार परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मा निगमले मूल्य तोक्नेछ। खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने नाफा नराख्ने निर्णय गरिएको छ । निगमका अनुसार स्वचालित मूल्य प्रणली लागू भएपछि परल मूल्य बढ्दा बिक्री मूल्य पनि बढ्छ। 

यसपटक पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजेल र मटीतेलमा समान ४/४ रुपैयाँ मूल्य घट्नेछ भने ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घट्नेछ।

काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ भने तराईमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १६३ रुपैयाँ पर्नेछ। डिजेल र मट्टीतेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ पर्नेछ।

एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ कायम भएको छ। हवाई इन्धनको मूल्य भने स्वचालित नहुने बताइएकाे छ। 

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, असार ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्