केन्द्रीय समितिको बैठककाे एजेन्डा तय गर्न सभापति देउवाले पदाधिकारी बैठक
केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेन्डा तय गर्न देउवाले आफ्नै निवासमा भोलि (सोमबार) दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन्।
काठमाडौं, असार ३१ : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलका लागि बोलाएका छन्।
केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेन्डा तय गर्न देउवाले आफ्नै निवासमा भोलि (सोमबार) दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन्।
भोलि पदाधिकारी र पूर्वपदाधिकारीसित छलफल गरेपछि पर्सि (मंगलबार) बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग सभापति देउवाले फेरि छलफल गर्ने तयारी गरेको एक नेताले बताए।
गत असार २७ मा बस्ने भनिएको केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको थियो।
प्रकाशित मिति: १८:१९ बजे, आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
