Kathmandu Press

यस्तो छ ‘लक्का जवान’को ‘मुसुक्कै हासन माया’

काठमाडौ, फागुन २ : किरण केसीको प्रस्तुती रहेको फिल्म ‘लक्का जवान’को ‘मुसुक्कै हाँसन माया’ गीत सार्वजनिक गरिएको छ।

सा....

यस्तो छ ‘लक्का जवान’को ‘मुसुक्कै हासन माया’

काठमाडौ, फागुन २ : किरण केसीको प्रस्तुती रहेको फिल्म ‘लक्का जवान’को ‘मुसुक्कै हाँसन माया’ गीत सार्वजनिक गरिएको छ।

सार्वजनिक गरिएको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने बाबुल र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिन्छ। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

Hardik ivf

शिवहरी पौडेलको निर्देशनमा बन्न लागेको यो फिल्मबाट नै उनले निर्देशनमा डेब्यु गर्न लागेका हुन्। फिल्ममा किरण केसी, दिलिप रायमाझी, राजाराम पौडेल, वर्षा सिवाकोटी, प्रियंका कार्की, सलोन बस्नेत, शिवहरी पौडेल, सरोज खनाल, जयानन्द लामा, सुशील पोखरेल, सुरेन्द्र केसीलगायतको अभिनय रहेको छ।

त्यस्तै किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माताको रुपमा छन्। फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ। अनुसुया श्रेष्ठ वन्तको निर्माणमा बन्ने फिल्म चैत २१ बाट प्रदर्शनमा आउनेछ।

 

प्रकाशित मिति: १०:५८ बजे, शुक्रबार, फागुन २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्