Kathmandu Press

रास्वपा र राप्रपाले विराेध जनाएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

रास्वपा र राप्रपाले विराेध जनाएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं, असार ३१ : प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। 

रास्वपा, राप्रपाका सांसदहरुले अवराेध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको हाे। कार्यसूचीअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पेस गरेकाे ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०  निर्णयार्थ पेस नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए।

सभामुखले निर्णयार्थ पेस भइसकेको र विरोधको समय गुज्रिसकेको भन्दै सभामुखले सम्झाउन खोज्दा रास्वपाले प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै वेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।  

सभामुखले कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएका थिए ।

प्रकाशित मिति: १६:३७ बजे, आइतबार, असार ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्