विशेष अदालतमा २६९ भ्रष्टाचार मुद्दाको फैसला
आर्थिक वर्ष २०७९/८० मा विशेषमा गैरकानुनी सम्पत्तिका ४७, घुस रिसवतसम्बन्धी ११७, निर्णयगत अनियमितताका ३७८, नक्कली प्रमाणपत्रका ४८ र सम्पत्ति शुद्धीकरणका ३९ गरि ६ सय २९ वटा मुद्दा दर्ता भएका थिए। ति मध्ये दुई सय ६९ मुद्दाको फैसला भएको हो।
काठमाडौं, असार ३१ : विशेष अदालतले चालु आर्थिक बर्षको अन्त्यसम्म दुई सय ६९ वटा मुद्दाको किनारा लगाएको छ।
आर्थिक वर्ष २०७९/८० मा विशेषमा गैरकानुनी सम्पत्तिका ४७, घुस रिसवतसम्बन्धी ११७, निर्णयगत अनियमितताका ३७८, नक्कली प्रमाणपत्रका ४८ र सम्पत्ति शुद्धीकरणका ३९ गरि ६ सय २९ वटा मुद्दा दर्ता भएका थिए। ति मध्ये दुई सय ६९ मुद्दाको फैसला भएको हो।
पत्रकार सम्मेलनमा विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेलले न्याय क्षेत्रमा पहुँच सबैको हुनुपर्छ भन्ने संवैधानिक व्यवस्थालाई विशेषले अंगिकार गरेको बताए। अदालतका भौतिक पूर्वाधारका अवस्थाको बारेमा पनि मिडिया क्षेत्रले समेट्नुपर्ने भनाई पौडेलको थियो।
विशेष अदालतका रजिष्ट्रार अशोक कुमार क्षेत्रीले विशेष अदालतका विचाराधिन मुद्दाका सेवाग्रहीको न्यायमा सहज पहुँच सुनिश्चित गर्न आवश्यकता र उपयुक्तता हेरी काठमाडौं बाहिर पनि इजलास विस्तार गर्न उपयुक्त हुने बताए।
क्षेत्रीले मिडिया ट्रायलका कारण पनि अदालतको न्याय सम्पादनमा समस्या हुने गरेको गुनसो पनि गरे। यसैविच विशेष अदालत गठनको २१ वर्षपछि ‘विशेष अदालत नियमावली’ आउन लागेको जानकारी समेत अदालतले दिएको छ।
वार्षिक समिक्षा सार्वजनिक गर्ने क्रममा रजिष्ट्रार क्षेत्रीले नियमावलीको तर्जुमा अन्तिम चरणमा पुगेको बताए।









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)