ललिता निवास प्रकरणमा १७ जनालाई पाँच दिनको थुना अनुमति
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना र किर्ते आरोप लागेका उनीहरुलाई अदालतले दिएको म्याद अनुसार थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ।
काठमाडौं, साउन ३१ : जिल्ला अदालत काठमाडौंले सञ्चार सचिव कृष्णबहादुर राउत, पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन हिरातमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना र किर्ते आरोप लागेका उनीहरुलाई अदालतले दिएको म्याद अनुसार थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ। जिल्ला अदालतले उनीहरुलाई यसअघि पनि पहिलो पटक ७, दोस्रो पटक ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। पक्राउ परेका उनीहरुहरु बढीमा कुल १९ दिन हिरातमा रहिसकेका छन्।
अदालतले राउत, गुरुङ, शाहसहित भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ, शाखा अधिकृत धर्मप्रसाद गौतम, योगराज पौडेल, अवकाश प्राप्त खरिदार गोपाल कार्की, नारायणदास मिश्र, तत्कालीन १७ वडा कार्यालयका सचिव शिवजी भट्टराई, नापी सर्वेक्षक घमानकुमारी कार्की, ध्रुबप्रसाद अर्याल, नक्कली मोही बाबुराजा महर्जन, देव नारायण महर्जन, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल, लोकहरी घिमिरे, भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालिन सिडिई बालकृष्ण श्रेष्ठ, समरजङ्ग कम्पनीका सह लेखापाल विनोद पौडेल,लाई थुनामा राख्न अनुमती दिइएको हो।









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)