वकिलहरुको न्यूनतम र अधिकतम रकम तोक्नुपर्ने प्रभु साहकाे माग
आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बाेल्दै उनले वकिलहरुले मुद्दाको ठेक्का लिने गरेको भन्दै मुद्दा हार्यो भने क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
काठमाडौं, असार ३१ : आम जनता पार्टीका सांसद प्रभु शाहले वकिलहरुले मनपरी शुल्क लिने गरेको भन्दै वकिलहरुको न्यूनतम र अधिकतम रकम तोक्नुपर्ने बताए।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बाेल्दै उनले वकिलहरुले मुद्दाको ठेक्का लिने गरेको भन्दै मुद्दा हार्यो भने क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
उनले वलिकहरुले शुल्क लिदा रसिद पनि नतिर्ने र कर पनि नर्तिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए। वकिलहरुले मनपरी पैसा लिने गरेका कारण गरिबले कानुन व्यावसायीलाइ राख्न समेत नसक्ने अवस्था रहेको उनको भनाइ थियाे।
‘नेपालमा बस भाडा पनि सरकारले नियमन गरिरहेकाे हुन्छ। एउटा फ्याक्टीका उत्पादन पनि सरकारले नियमन गरिरहेको हुन्छ भने वकिलहरुले बसहमा कति पैसा लिने? लेखनमा कति पैसा लिने?' उनले भने, 'परामर्शमा कति पैसा लिने ? त्यसको न्युनतम र अधिकतम पसा तोक्नपर्ने हा कि होइन ? यसको बारेमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस्।’









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)