‘हवाई दुर्घटना बढ्नुमा चालक वा एयरलाइन्सलाई दोषी देखाएर राज्यले उन्मुक्ति पाउँदैन’
आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसारकै सुरक्षित मानिने हवाई सेवा नेपालमा सबैभन्दा असुरक्षित हुनुका कारण नियामकीय असक्षमता भएकाे बताइन्।
काठमाडौं, असार ३१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले हवाई दुर्घटना बढ्नुमा चालक वा एयरलाइन्सलाई दोषी देखाएर राज्यले उन्मुक्ति नपाउने बताएकी छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसारकै सुरक्षित मानिने हवाई सेवा नेपालमा सबैभन्दा असुरक्षित हुनुका कारण नियामकीय असक्षमता भएकाे बताइन्।
'यात्रुले राज्यले सुरक्षा दिन्छ भन्दै हवाई यात्रा गर्ने गरेका छन्,' उनले भनिन्, 'चालक वा एयरलाइन्सलाई दोषी देखाएर राज्य उन्मुक्ति पाउन सक्दैन।'
उनले नियामक निकाय नागरिक उड्ययन प्राधिकरण ठुल्ठुला प्रोजेक्ट बनाउन, टर्मिनल बनाउन, विमानस्थल व्यवसाय गर्नमा केन्द्रित रहेको आरोप लगाइन् ।
नेपालमा पृथक र विशिष्टीकृत नियामक निकायकाे आवश्यकता उनले औंल्याइन्।
प्रकाशित मिति: १५:१७ बजे, आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)