एक बर्षको अवधिमा भ्रष्टाचारका २० हजार उजुरी
अख्तियारद्वारा सार्वजनिक तथ्याङ्क अनुसार २०७९ साउन १ गतदेखि २०८० असार ३० गतेसम्म २० हजार दुई सय २० वटा उजुरी दर्ता भएका हुन्।
काठमाडौं, असार ३१ : भ्रष्टाचारमा छानबिन र कारबाहीको माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा २० हजार उजुरी परेका छन्।
अख्तियारद्वारा सार्वजनिक तथ्याङ्क अनुसार २०७९ साउन १ गतदेखि २०८० असार ३० गतेसम्म २० हजार दुई सय २० वटा उजुरी दर्ता भएका हुन्।
अख्तियारको तथ्यांकले साउनदेखि कात्तिकसम्म उजुरीको संख्या क्रमशः घटेको र मंसिरबाट जेठसम्म क्रमशः बढ्दै गएको देखाएको छ। देशभर रहेका अख्तियारका ९ वटा कार्यालयमध्ये सबैभन्दा बढी उजुरी काठमाडौंस्थित कार्यालयमा परेका छन्।
आर्थिक वर्ष २०७९÷०८० को अन्तिम तीन महिना (वैशाख, जेठ र असार) मा परेका उजुरी कुल संख्याको ३४.४४ प्रतिशत छ।
त्यसअघि जेठ महिनामा दुई हजार सात सय ४८ वटा परेका थिए। चालु आर्थिक वर्षको साउनमा दुई हजार ९०, भदौमा एक हजार ६ सय ९८, असोजमा एक हजार ए कसय ५२, कात्तिकमा नौ सय २९, मंसिरमा नौ सय ३८, पुसमा एक हजार तीन सय ३२ उजुरी परेका छन्।
अख्तियारका अनुसार माघमा एक हजार पाँच सय ३२, फागुनमा एक हजार सात सय १३, चैतमा एक हजार आठ सय ७१, वैशाखमा दुई हजार ७४, जेठमा दुई हजार सात सय ४८ र असारमा दुई हजार एक सय ४३ वटा उजुरी परेका छन्।








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
