Kathmandu Press

गुठीसम्बन्धी समस्या समाधान गर्न गोकुल बाँस्कोटाकाे माग

प्रतिनिधिसभाकाे आइतबारकाे बैठकमा आकस्मिक समय लिएर बाेलेका उनले किसानले जमिन जोतिरहे पनि आफ्नो नाममा दर्ता हुन नसकेको बताए।
गुठीसम्बन्धी समस्या समाधान गर्न गोकुल बाँस्कोटाकाे माग

काठमाडौं, असार ३१ : एमाले सांसद गोकुल बाँस्कोटाले गुठीसम्बन्धी समस्या समाधान गर्न माग गरेका छन्।

प्रतिनिधिसभाकाे आइतबारकाे बैठकमा आकस्मिक समय लिएर बाेलेका उनले किसानले जमिन जोतिरहे पनि आफ्नो नाममा दर्ता हुन नसकेको बताए। ‘हामी समाजवादी हाैं भन्छौं, किसानलाई न्याय दिन्छौं भन्छौं तर जसले जमिन जोतिरहको छ, उनीहरुको नाममा जमिन दर्ता हुन सकेको छैन।’

उनले सिपाघाट, चण्डेश्वरी, पलाञ्चोकलगायत सिन्धुपाल्चोकको आधा समुदाय गुठीको समस्याबाट पीडित रहेको बताए।  किसानलाई जमिनको पुर्जा दिने काम रोकिनुकाे कारण स्पष्ट पार्न उनले सरकारलाई अनुराेध गरे। 

काभ्रेको भुम्लुका ७ र ८ वडामा नापी समस्या समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा कार्यालय राखिएको तर अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा हटाइएको बताए।

प्रकाशित मिति: १४:५९ बजे, आइतबार, असार ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्