Kathmandu Press

आर्थिक वर्ष २०८०/८१ को बजेट राष्ट्रपतिबाट प्रमाणीकरण

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेका हुन्।
आर्थिक वर्ष २०८०/८१ को बजेट राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं, असार ३१ : आर्थिक वर्ष २०८०/८१ को बजेट राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरेर बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हाे।

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका थिए। उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल भई पारित भएपछि राष्ट्रपतिसमक्ष पठाइएको थियो।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि अब बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ। आगामी आर्थिक वर्षको बजेट भाेलि (साउन १ गते  सोमबार) देखि कार्यान्वयन हुनेछ।

IMG_20230716_131459-1575x20481689496736.jpg

प्रकाशित मिति: १४:२५ बजे, आइतबार, असार ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्