‘न्यायपरिषदका सदस्यहरुको कार्यव्यस्तताले बैठक नबस्दा न्यायाधीश नियुक्ति हुन सकेन’
आइतबार सञ्चारकर्मीहरुसँग छलफल गर्दै उनले भने, 'मतभेद वा अरु कुनै कारणले न्यायाधीशको नियुक्ति हुन नसकेको हेइन, कहिले को कहिले को व्यस्त भएर परिषदको बैठक बस्न नसक्दा न्यायाधीश नियुक्त हुन नसकेको हाे।'
काठमाडौं, असार ३१ : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषदका सदस्यहरुको कार्यव्यस्तताका कारण न्यायाधीश नियुक्त हुन नसकेको बताएका छन् ।
आइतबार सञ्चारकर्मीहरुसँग छलफल गर्दै उनले भने, 'मतभेद वा अरु कुनै कारणले न्यायाधीशको नियुक्ति हुन नसकेको हेइन, कहिले को कहिले को व्यस्त भएर परिषदको बैठक बस्न नसक्दा न्यायाधीश नियुक्त हुन नसकेको हाे।' परिषद बैठक डाकेर न्यायाधीश नियुक्ति गर्ने प्रयासमा आफू रहेकाे उनले स्पष्ट पारे।
प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्यायपरिषद बैठकले न्यायाधीश नियुक्ति सिफारिस गर्ने संवैधानिक प्रावधान छ। तर प्रधानन्यायाधीश र कानुनमन्त्रीबीचको मतभेदले बैठक बस्न नसकेको चर्चा हुँदै आएकाे छ।
प्रधानन्यायाधीश कार्कीले अवकाश पाउन अब २० दिन बाँकी छ। उमेर हदका कारण २० साउनमा अनिवार्य अवकाश भएपछि सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या ७ पुग्नेछ। त्यस्तै उच्च अदालतहरुमा पनि ६० जना न्यायाधीशको पद रिक्त रहेको उनले बताए।
न्यायाधीशको कमीका बाबजुद एक वर्षमा सर्वोच्च अदालतले १२ हजार मुद्दा फैसला गरेको उनले बताए।








![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
