Kathmandu Press

विदेश हिँडेका श्रमिकलाई बिनाकारण फर्काइएकाे भन्दै अध्यागमनकाे कार्यालयमा प्रदर्शन

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर कुवेत, जोर्डनलगायत देशमा जान लागेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काइरहेपछि आज (आइतबार) संघले विरोध प्रदर्शन गरेको हो।
विदेश हिँडेका श्रमिकलाई बिनाकारण फर्काइएकाे भन्दै अध्यागमनकाे कार्यालयमा प्रदर्शन

काठमाडौं, असार ३१ : श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई फर्काइएपछि वैदेशिक रोजगार व्यवसायीहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अगुवाइमा उनीहरूले अध्यागमन कार्यालयअगाडि प्रदर्शन गरेका हुन्। 

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर कुवेत, जोर्डनलगायत देशमा जान लागेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काइरहेपछि आज (आइतबार) संघले विरोध प्रदर्शन गरेको हो।

अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरुलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने संघले बताएको छ। अध्यागमनले कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने व्यवसायीहरुको भनाइ छ।

संघका अनुसार ‘कुवेत, जोर्डनलगायत देशमा रोजगारीका लागि हिँडेका झन्डै २०० नेपालीलाई बिनाकारण अध्यागमनले फर्काएको छ। आन्दोलनकारीहरुले अध्यागमनमा हुने अनियमितता छानबिन गर्न, अध्यागमनबाट श्रमिक फर्काउने कार्य बन्द गर्न, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिने काम बन्द गर्न, भिजिट भिसामा हुने सेटिङ बन्द गर्नसहित अध्यागमनका महानिर्देशकको राजीनामासमेत माग गरेका छन्।

प्रकाशित मिति: १३:३९ बजे, आइतबार, असार ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्