Kathmandu Press

अध्ययन भन्छ– विहान उठ्नलाई संगीतको अलार्मले शरिरको स्फुर्ति बढाउँछ

बिहान उठ्नलाई अलार्मको आवाजले ब्युँझिएपछि सतर्कता स्तरमा प्रभाव पर्छ। जनवरी २०२० मा प्रकाशित अष्ट्रेलियाली प्रतिवेदनले यस्तै जनाएको छ।
बिहान उठ्ने बानी छैन....

अध्ययन भन्छ– विहान उठ्नलाई संगीतको अलार्मले शरिरको स्फुर्ति बढाउँछ

बिहान उठ्नलाई अलार्मको आवाजले ब्युँझिएपछि सतर्कता स्तरमा प्रभाव पर्छ। जनवरी २०२० मा प्रकाशित अष्ट्रेलियाली प्रतिवेदनले यस्तै जनाएको छ।
बिहान उठ्ने बानी छैन भने ओछ्यानबाट उठ्न ठूलै संघर्ष गर्नुपर्छ। त्यसमा पनि अलार्मको आवाज तपाईंले सोंचेभन्दा बढि महत्त्वपूर्ण हुनसक्छ।

रोयल मेलबर्न इन्स्टिट्युट अफ टेक्नोलोजीका अनुसन्धाताले अलार्मका विभिन्न प्रकारका ध्वनीको प्रभाव र ब्युँझिएपछि निदाउरोपन हटाउन तिनले कसरी सहयोग गर्छन् भनेर अध्ययन गरेका छन्। उनीहरूको अध्ययन प्रतिवेदन पिएलओएस वान नामक जर्नलमा प्रकाशित भएको छ।

ओछ्यानबाट उठेपछि व्यक्ति चार घण्टासम्म पनि निदाउरो हनुसक्छ। पूर्णतया ब्युँझेको हुँदैन। यसलाई “स्लिप इनर्सिया” भनिन्छ। कुनै ध्वनी वा संगीतलाई अलार्मको रूपमा प्रयोग गरे यो प्रभाव कम गर्न सकिन्छ वा सकिंदैन भनेर निर्धारण गर्नु नयाँ अध्ययनको लक्ष्य थियो।

Hardik ivf

“राम्ररी ब्युँझीएको अवस्था नभए चार घण्टासम्म प्रभावकारी कार्यसम्पादन नहुनसक्छ। यसले ठूला दुर्घटना पनि हुनसक्छ,” अध्ययनको नेतृत्व गरेक स्टुआर्ट म्याकफर्लेनले भने।

अध्ययनमा ५० जना वयस्क सहभागी थिए। घरमा पूरा गर्नलाई विशेष रूपमा तयार गरिएको परीक्षणमा उनीहरू सहभागी भएका थिए। बिहान उठ्नलाई उनीहरूले अलार्मका लागि प्रयोग गर्ने ध्वनी रेकर्ड गरिन्थ्यो। त्यसपछि “स्लिप इनर्सिया” सम्बन्धी विशेष प्रश्नहरू सोधेर उनीहरूको सतर्कताको स्तर मुल्याङ्कन गरिन्थ्यो।

संगीतलाई अलार्मको रूपमा प्रयोग गर्ने व्यक्ति बढि चनाखो भएको उक्त अध्ययनले निष्कर्ष निस्किएको छ। “अकस्मात ट्यार्रट्यार्र बज्ने अलार्मले चनाखो बनाउँछ भन्ने अनुमान गरिन्छ। तर हाम्रो तथ्याङ्कले सुमधुर अलार्म महत्त्वपूर्ण हुने देखाएको छ। यो अप्रत्याशित थियो,” म्याकफर्लेनले भने।

“ब्युँझिदा झर्को लाग्ने आवाजले मष्तिष्कको गतिविधिमा बाधा ल्याउने वा झुक्याउँछ भन्ने हाम्रो सोंच छ। तर सुमधुर गीतसंगीतले हामीलाई प्रभावकारी ढङ्गले ब्युँझिन सहयोग पुग्नसक्छ,” अध्ययन प्रतिवेदनका सह लेखक एड्रियन डायरले भने।

यो सिद्धान्तलाई पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ। तर यो अध्ययनको निष्कर्षले “स्लिप इनर्सिया” को प्रभाव कम गर्न संगीतको भूमिकाबारे प्रकाश पारेको छ।

“ब्युँझिने बित्तिकै जोखिमपूर्ण परिस्थितीमा काम गर्ने व्यक्ति, विशेष गरि अग्निनियन्त्रक वा पाइलटका लागि यो महत्त्वपूर्ण हुन्छ। अस्पतालको आकस्मिक सेवासम्म पुग्नलाई सवारी साधन चलाउने व्यक्तिका लागि पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ किनभने उनीहरू निरन्तर सचेत हुनपर्छ,” म्याकफर्लेनले बताए।

प्रकाशित मिति: ०७:११ बजे, शुक्रबार, फागुन २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्