Kathmandu Press

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने

मोर्चाले आफ्नो सङ्गठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने

काठमाडाैं, असार ३१ : चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ। मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो।

त्यसैगरी सो मोर्चाले आफ्नो सङ्गठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

उहाँका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच÷पाँच जनासम्म र प्रदेशमा तीनतीन तथा जिल्लामा दईदुई जना चारवटै पार्टीबाट समेटिनेगरी मोर्चा बनाइनेछ।

यसैगरी समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको पनि उपाध्यक्ष पाण्डेले बताए। उनले भने, 'मोर्चाको नेतृत्व चारचार महिनामा परिवर्तन हुनेछ, साउन १२ गतेदेखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्नेछौँ।'

हालै गठन भएको सो मोर्चाको नेतृत्व हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दै आउनु भएको छ।

प्रकाशित मिति: १३:२४ बजे, आइतबार, असार ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्