Kathmandu Press

प्रतिनिधिसभामा मिटरब्याजसम्बन्धी विधेयक आजै पास गर्ने तयारी

प्रतिनिधिसभाको आज बस्ने बैठकका लागि मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरिएको छ।
प्रतिनिधिसभामा मिटरब्याजसम्बन्धी विधेयक आजै पास गर्ने तयारी

काठमाडौं, असार ३१ : प्रतिनिधिसभामा मिटरब्याजसम्बन्धी विधेयक आजै पास हुने भएको छ।

प्रतिनिधिसभाको आज बस्ने बैठकका लागि मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरिएको छ।

बैठक सुरु हुनुअघि संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरेको हो।

कार्यसूचीअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

दफावार छलफलपछि विधेयकमाथि परेका संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिएपछि कानुनमन्त्री गुरुङले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

असार ५ मा कानुनमन्त्री गुरुङले राष्ट्रिय सभामा यो दर्ता गरेको यो विधेयकमा दफावार छलफल गरी असार १५ गते पारित गरी प्रतिनिधिसभामा पठाइएको थियो।

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, असार ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्