Kathmandu Press

सहकारी पीडित र प्रहरीबीच माइतीघरमा झडप

र्‍याली निकाल्ने क्रममा माइतीघर क्षेत्रमा केहीबेर सडक अवरुद्ध भएको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
सहकारी पीडित र प्रहरीबीच माइतीघरमा झडप

काठमाडौं, असार ३० : सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। सहकारी पीडितले आन्दोलनका क्रममा सडक अवरोध गरेका भन्दै प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको हो।

र्‍याली निकाल्ने क्रममा माइतीघर क्षेत्रमा केहीबेर सडक अवरुद्ध भएको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

माइतीघरबाट सहकारी पीडितले निकालेको ¥याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो।

सहकारी पीडित बचतकर्ता महासंघ समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी तथा फरार रहेका सञ्चालकमाथि कारबाहीलगायतको माग गर्दै प्रदर्शन गरेको हो।

पछिल्लो समय सहकारीहरुले बचतकर्ताको रकम फिर्ता नदिने तथा सञ्चालक नै फरार हुन थालेपछि बचतकर्ताहरु आन्दोलित भएका हुन् । देशभरका सहकारी पीडितहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।

प्रकाशित मिति: १२:२९ बजे, आइतबार, असार ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्