कसैले चाहँदैमा सरकार ढल्दैन : मन्त्री ज्वाला
‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ । कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूप बत्ती गर्दैमा गठबन्धन ढल्दैन।’
धनुषा, असार ३१ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले चाहँदैमा सरकार नढल्ने बताएका छन्।
भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भंगाहा बिजलपुरासम्म सञ्चालन हुने रेलसेवाकाे उद्घाटनका लागि आइतबार जनकपुर पुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै सत्ता गठबन्धन बलियो भएको बताउँदै कसैले चाहेर नभत्किने बताए।
मन्त्री ज्वालाले गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे। उनले भने, ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ । कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूप बत्ती गर्दैमा गठबन्धन ढल्दैन।’
प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको बताउँदै उनले बताए।
मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको दाबी समेत गरे ।
प्रकाशित मिति: ११:२७ बजे, आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)