आज तीन प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
मौसमविद्हरुका अनुसार कोशी र बाग्मती प्रदेशका एक, दुई ठाउँमा दिउँसो तथा राति बाग्मती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
काठमाडौं, असार ३० : आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद्हरुका अनुसार कोशी र बाग्मती प्रदेशका एक, दुई ठाउँमा दिउँसो तथा राति बाग्मती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
आज खासै धेरै पानी पर्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले जानकारी दिए । उनका अनुसार भोलि दिउँसो पछि भने पश्चिमी क्षेत्रमा पनि मनसुन सक्रिय हुने अनुमान छ । भोलि र पर्सि कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने मौसमविद् सञ्जीव अधिकारीले बताए ।
आज भन्दा भोलि र पर्सि धेरै पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति: ०७:३० बजे, आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)