Kathmandu Press

मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन एमालेको माग

शनिबार बसेको सचिवालय बैठकले विधेयक पारित गर्न विपक्षी दलले असहयोग गरेको भनेर भ्रमपूर्ण समाचारका फैलाएको दाबी गर्दै विधेयक तत्काल अघि बढाउन माग गरेको हो।
मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन एमालेको माग

काठमाडौं, आसर ३० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मिटरब्याजसम्बन्धी विधेयक तत्काल अघि बढाउन माग गरेको छ।

च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको सचिवालय बैठकले विधेयक पारित गर्न विपक्षी दलले असहयोग गरेको भनेर भ्रमपूर्ण समाचारका फैलाएको दाबी गर्दै विधेयक तत्काल अघि बढाउन माग गरेको हो। सत्ता गठबन्धनका घटकका विवादले सो विधेयक निष्क्रिय भएको एमालेले ठहर छ।

सचिवालय बैठकले देशभरि महामारीका रुपमा पशुचौपायामा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि तत्काल कदम चाल्न, खोपको प्रभावकारी प्रबन्ध गर्न र किसानलाई राहत सरकारको ध्यानाकर्षण गराएको छ।

एमालेले प्राज्ञिक क्षेत्रमा भएको राजनीतिक हस्तक्षेपको निन्दा गरेको छ भने प्राकृतिक विपत्तिसँग जुध्ने सरकारको तयारी फितलो रहेको ठहर गरेको छ । बाढीपहिरोमा घरबार गुमाएकाहरुलाई तत्काल पुनःस्थापना गर्न र सडक पूर्वाधार पुनः निर्माण गर्न सरकारसँग माग गरेको छ।

बैठकमा केही संगठनात्मक निर्णय गरेको छ। जसअनुसार एमाले स्थायी कमिटी सदस्य गुरु बराललाई एमाले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ भने केही पदाधिकारीको जिम्मेवारीमा सामान्य हेरफेर गरेको छ।

प्रकाशित मिति: २०:०३ बजे, शनिबार, असार ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्